काठमाडौं, ९ पुस । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ ।
मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन् ।
‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्म-संस्कृति संगठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए ।
उनका अनुसार सनातन संस्कृतिको खुलेआम बिरोध गर्दै अमुक पन्थको प्रबक्ता बनी प्रचार गरे पछि मन्त्री किराँतीलाई मन्त्रीपरिषद पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
मन्त्री किराँतीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान बिरोधी हुन, संविधानको बिरोध गर्नेलाई जेल हाल्ने’ जस्ता गैर जिम्मेबार अभिब्यक्ति दिएका थिए । जसको अहिले चौतर्फी बिरोध भईरहेको छ । मुख्य गरी सनातन हिन्दु धर्मालम्बीहरुले उनको चर्को आलोचना गर्दै निरन्तर राजिनामाको माग गरिरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।
सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध रयाली गरेका थिए ।
