“११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगञ्जमा र्‍याली सम्पन्न”

समाचार

पर्सा,  फागुन २४।

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा वीरगञ्जमा विशेष र्‍याली कार्यक्रम सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त र्‍याली बिहान ८:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरबाट सुरु भई आदर्शनगर, घडिअर्वा पोखरी, माईस्थान हुँदै पुनः घण्टाघरमा पुगेर समापन गरिएको थियो।

र्‍यालीमा अन्तर्राष्ट्रिय महिला दिवसको नाराअनुसार “To All Women and Girls: Right, Equality and Empowerment” (सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तिकरण) भन्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले गरेका थिए। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको महिला तथा बालबालिका प्रमुख रञ्जना पण्डित, विभिन्न संघ-संस्था जस्तै माईती नेपाल, आफन्त नेपाल, सानाहातहरू, आशिष सामाजिक सेवा नेपाल लगायतका प्रतिनिधिहरू, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस र्‍यालीको उद्देश्य महिलाका अधिकारको संरक्षण, लैंगिक समानताको प्रवर्द्धन, तथा समाजमा महिला सशक्तिकरणको महत्त्वलाई उजागर गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *