बिरगंज बसपार्कबाट काठमाडौ जाँदै गरेको हर हर महादेव बसबाट साढे तीन लाख बराबरको विभिन्न समान बरामद।

समाचार

बारा, २८ फागुन। सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गत सुरक्षा बेस जितपुरले लाखौं मूल्य बराबरको भन्सार छली गरिएका कपडासहित विभिन्न सामान बरामद गरेको छ।

डिएसपी प्रकाश चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा वीरगञ्ज बसपार्कबाट काठमाडौं जाँदै गरेको “हर हर महादेव” नामक बसबाट लुकाइ राखिएका सामान फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

डिएसपी भट्टका अनुसार, बाराको जितपुर सिमरा उपमहानगरपालिका -२२ अमलेखगञ्जमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामग्रीहरू फेला परेका हुन्। बरामद गरिएका सामग्रीमा खजुर २०० केजी, अमूल बटर ६० लिटर, कपडा १,६६,५०० रुपैयाँ बराबर, प्याज १७० केजी गरी कूल ३,५२,१५० रुपैयाँ बराबरको समान रहेका छन्।

सशस्त्र प्रहरीले आवश्यक कानूनी कारबाहीका लागि बरामद सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *