सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र आउट

समाचार

सिरहा, ७ चैत । सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ।

 

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरीएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् ।

 

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए ।

 

उनले भने, ‘पात समेत हल्लिन दिएको छैन्, प्रश्नपत्र कसरी बाहिरिएको हाे, त्यसबारे अनुुसन्धान हुदैँछ।’

परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेकाे स्थानियकाे आराेप छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *