मुम्बइ, ३ बैशाख । अभिनेता सैफ अली खानमाथि हमलाको मुद्दामा चार्जशीट दायर भएपछि हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।
अब यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ । चार्जशीटका अनुसार पुलिस र फरेन्सिक टोलीले अभिनेताको घरबाट फेला पारेका औंठाछापहरू अभियुक्त शरीफुल इस्लाम शाहजादसँग मेल खाँदैनन्।
वास्तवमा सैफ अली खानको घरबाट कुल २० वटा फिंगरप्रिन्ट नमूनाहरू लिइएको थियो, जसलाई राज्य सीआईडी फिंगरप्रिन्ट ब्यूरोमा पठाइएको थियो। जसमध्ये १९ औँठाको छाप शरीफुलसँग मेल नखाएको खुलेको छ।
बाथरुमको ढोका, सुत्ने कोठाको ढोका र वार्डरोबको ढोकामा फेला परेको औंठाछाप शरीफुलको नभएको आरोपपत्रमा उल्लेख छ। तर, घटना भएको भवनको आठौं तल्लामा भेटिएको फिंगरप्रिन्ट शरीफुलसँग मिलेको छ। सैफको घर सतगुरु शरण अपार्टमेन्टको ११ औं तलामा छ, जहाँ उनीमाथि हमला भएको थियो।
मुम्बई प्रहरीले १२ अप्रिलमा बान्द्रा अदालतमा १६१३ पृष्ठभन्दा बढीको आरोपपत्र दायर गरेको थियो। आरोपपत्रमा यो पनि भनिएको छ कि आरोपी मोहम्मद शरीफुल इस्लाम शाहजाद भारतीय राहदानी लिनको लागि मात्र भारत आएकोसमेत खुलेको छ ।
सैफ अली खानलाई जनवरी १५ मा उनको घर सतगुरु शरण अपार्टमेन्टमा घुसेर आक्रमण गरिएको थियो । यसपछि सैफ आफै अस्पताल पुगेका थिए । उनको हात, ढाड र ढाडमा चोट लागेको थियो । उपचारपछि अभिनेता २१ जनवरीमा डिस्चार्ज भएका थिए । सो हमलाको दुई दिनपछि प्रहरीले बंगलादेशी नागरिक शरीफुल इस्लामलाई पक्राउ गरेको थियो ।
सैफअली हमलाः आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा
सैफ अली खान अहिले आफ्नो आगामी फिल्म ‘ज्वेल थीफः द हेस्ट बिगिन्स’ को प्रमोशनमा व्यस्त छन् । तर, यी सबैपछि उनीमाथी भएको घातक हमलाको मुद्दामा पनि अनुसन्धान भइरहेको छ । केही दिनअघि जनवरीमा शरिफुल इस्लामलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।
तर, अब यस विषयमा नयाँ अपडेट आएको छ । वास्तवमा, मुम्बई पुलिसले सैफको घरबाट २ औंठाको छाप फेला पारेको थियो, जसमध्ये एउटा फिंगरप्रिन्ट मिलेको थियो। सैफ अली खान हमला प्रकरणको चलिरहेको अनुसन्धानमा सैफ अली खानको सदगुरु शरण भवनको आठौं तल्लाको सिढीमा भेटिएको फिंगरप्रिन्ट शरीफुल इस्लामको हो। फरेन्सिक प्रयोगशालामा भएको अनुसन्धानपछि यो कुरा बाहिर आएको हो ।
तर, अभिनेताको घरबाट थप दुई औंठाको छाप फेला परेको छ । यससँगै आरोपीको टी–सर्टमा रगतको निशान पनि भेटिएको छ, जुन सैफको रगतमा मिसिएको थियो। अभिनेतामाथि आक्रमण भएको चक्कु पनि भेटिएको छ। त्यो चक्कुलाइ तीन टुक्रा पारेको बताइएको छ । यी मध्ये एउटा टुक्रा सैफको शरीरमा, अर्को टुक्रा बान्द्रा पोखरीमा र तेस्रो टुक्रा ठाणेमा भेटिएको थियो ।
यस बाहेक मुम्बई पुलिसले चार्जशीटमा शरीफुल इस्लामको ६ सीसीटीभी फुटेज समावेश गरेको छ। यो फुटेजबाट शरीफुलको अनुहार पहिचान गर्दा पनि शत प्रतिशत मेल खाएको जनाइएको छ । आरोपितलाई पक्राउ गरेपछि यसबारे अनुसन्धान गरिएको हो । यस विषयमा थप अनुसन्धान जारी छ ।
जनवरीमा एक अज्ञात व्यक्ति चोरीको नियतले सैफको घरमा प्रवेश गरेका थिए । त्यसपछि झडपको क्रममा ती व्यक्तिले अभिनेतामाथि छुरी प्रहार गरेका थिए जसका कारण उनी गम्भिर रूपमा घाइते भएका थिए । तर, अहिले अभिनेताको घरमा सुरक्षाको कडा व्यवस्था गरिएको छ ।
जानकारी अनुसार सद्गुरु शरण भवनको चारैतिर फलामका काँडेतार जडान गरिएको छ । यसका साथै फलामको जाली र फलामको ब्यारिकेड पनि जडान गर्ने काम भइरहेको छ ।
