बारा,२७ कार्तिक ।
विभिन्न अबैध समान सहित एक पिकअप पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
कार्तिक २५ मा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको विशेष प्रहरी टोलीले बाराको विभिन्न ठाउँहरुबाट भन्सार छली चोरी तस्करीका चिनि १०० के.जि., कुर्ता सुरुवाल ४ पिस, थ्रिपिस कुर्था सेट २१ पिस ,सेण्डो गन्जि ४० पिस ,सर्टको कपडा २ पिस, साडी ३ पिस , चस्मा २५० पिस , पियाज २८०० के.जि. र जुत्ता:-२ बोरा सहित ना ४ च २८१६ नम्बरको पिकअप नियन्त्रणमा लिएको छ।
बाराको जितपुरसिमरा उ.म.न.पा.-३ बजनि चौक, परवानीपुर गा.पा.३ अमृत चौक र जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चौकबाट पक्राउ गरिएका सो समानहरुको रु.२ लाख ६२ हजार ८ सय बजार मुल्य रहेको तथा सो सम्बन्धमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।