बिरगंजमा निषेधाज्ञा हटाइयो, आज विहान ७ बजेबाट लागू

समाचार

बिरगंज, ५ बैशाख ।

बिगत केही दिनदेखि जारी निषेधाज्ञा आज विहान ७:०० बजेबाट हटाइएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य भएको निष्कर्षसहित प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, नेपाली सेनाका निराजन कटुवाल लगायत सुरक्षाका अन्य निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकमा गरिएको मुख्य निर्णयहरू यसप्रकार छन्:
१. अघिल्लो सुरक्षा समितिको निर्णयको कार्यान्वयन अवस्था समिक्षा गरियो।
२. जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको निष्कर्ष निकालियो।
३. स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार वीरगंजका केही क्षेत्रमा लागू गरिएको निषेधाज्ञा आज ५ गते विहान ७:०० बजेबाट हटाउने निर्णय गरियो।

यस निर्णयसँगै स्थानीय जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *