बिरगंजको नगवाबाट १० लाख बराबरको तस्करीको कपडा सशस्त्र प्रहरीद्वारा पक्राउ ।(भिडियो सहित)

समाचार

बिरगंज ,१ असोज ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली चोरी तस्करीको विभिन्न अबैध सुटिङ सर्टिङ, लहङगा कपडाहरु बिरगंजको १६ नगवाबाट पक्राउ गरेको जनाएको छ।

सोमबार राति ३:३०को समयमा वीरगंज म.न.पा.-१६ नगवा स्थित सीमा ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजको गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले बिशेष सूचना को आधारमा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको विभिन्न कपडाहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जनाएका छन्  ।

सो पक्राउ गरेको अबैध कपडाहरुको रु. १० लाख ३ सय बराबरको मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय मा बुझाएको सशस्त्र प्रहरी बल गण न.१३ पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *