सुरक्षा बेस जितपुरद्वारा लाखौं मूल्यको अवैध सामान बरामद

समाचार

बारा, ७ बैशाख — सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको एक रात्रि बसबाट चेकजाँचको क्रममा झण्डै १ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीका विभिन्न सामानहरू बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले जितपुर सिमरा उपमहानगरपालिका अन्तरगत पर्ने राजमार्ग खण्डमा चेकजाँच गर्दा सो अवैध सामान फेला पारेको हो।

बरामद गरिएका सामग्रीहरूमा स्निकर्स ७ कार्टुन, किण्डर जोय ६ कार्टुन र बटर चीज ६ कार्टुन रहेका छन्। यी सबै सामग्री अमलेखगञ्ज क्षेत्रबाट ल्याइएका थिए।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *