भारतमा भएको आतंकवादी हमलाको राष्ट्रपति पौडेलद्दारा निन्दा

समाचार

काठमाडौं, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्।

 

हिजो पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २६ जनाको सामुहिक हत्या गरिएको घटना प्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् ।

‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन ।

 

राष्ट्रपति पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *