मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

राजनीति समाचार

काठमाडौं,१४ बैशाख  । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी देशभर भइरहेको आगलागीको क्षति न्युनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *