भन्सार छलिको ३ लाख भन्दा बढीका सामान सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

समाचार

पर्सा,  बैशाख २७ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

वीरगञ्ज महानगरपालिका–१४, गण्डक क्षेत्रबाट जितपुरतर्फ लादै गरिएको रू. १,०१,१६० बराबरको कपडा र चकलेट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

त्यस्तै, सोही मितिमा सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य सडक खण्डबाट भन्सार छलिका रू. २,०२,४२० बराबरका किराना सामान, कपडा, मोटर पार्ट्स, मदिरा तथा स्याउ सहित BR28Q9510 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सामग्री नियन्त्रणमा लिइसकेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *