वीरगंज–१६ का मुस्तफा ब्राउनसुगरसहित पक्राउ, ५ दिनको म्यादमा अनुसन्धान जारी

समाचार

रसीद आलम ।

पर्सा, १ जेठ — वीरगंज महानगरपालिका–१६ का २२ वर्षीय मुस्तफा अंसारीलाई लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। वीरगंज–२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने १५ ग्राम पदार्थसहित उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो।

प्रहरी चौकी परवानीपुरबाट प्रहरी नायब निरीक्षक आदर्श खतिवडाको कमान्डमा खटिएको टोलीले बीआर ०६ सिटी ०८१ नम्बरको एफजेड मोटरसाइकलमा सवार अंसारीलाई शंका लागेपछि चेकजाँच गर्दा सो पदार्थ फेला पारेको हो।

डिएसपी तथा प्रवक्ता किशोर लम्सालका अनुसार अंसारीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *