पर्सा ,४ जेठ । पर्साको बिरगंज–८, रेल्वे रोडस्थित दुर्गा हल नजिकै रहेको मकवानपुर ढुवानी सेवाको गोदाममा सशस्त्र प्रहरीले छापा मारेर लाखौं मूल्य बराबरको काजु र चिनी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा उक्त गोदाममा छापा मारिएको हो। भारतबाट भन्सार छलि अवैध रूपमा भित्र्याइएको काजु र चिनीको ठूलो परिमाण उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
