राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

राजनीति समाचार

काठमाडौं, ८ जेठ । राप्रपा सम्बध युवा संगठनका नेता सुजित केसी रिहा भएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ।

 

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको हो ।

 

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *