नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिनालगायतले गरे स्वागत

समाचार

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ।

 

कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् ।

 

मन्त्रि परिषदको बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

प्रधानन्यायधिस प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटघाट गरे पछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *