ग्रामीण नाका भिस्वाबाट बिरगंजतर्फ आईरहेको करिब २० लाख बराबरको पिकअप र भारतीय ब्रान्डको चक्लेट बरामद ।

समाचार

पर्सा, जेठ १२, रसीद आलम ।
ग्रामीण नाका भिस्वाबाट वीरगञ्जतर्फ अवैध रूपमा ल्याइएको करिब २० लाख रुपैयाँ बराबरको भारतीय ब्रान्डको चक्लेटसहितको पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। ना ५ च १८०१ नम्बरको उक्त पिकअप सशस्त्र प्रहरी बल, पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका अन्तर्गतको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार, गुल्मपती डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पिकअपमा लुकाइछिपाई ल्याइएको ठूलो परिमाणको चक्लेट बरामद गरेको हो। प्रारम्भिक अनुमान अनुसार उक्त चक्लेटको करिब ४ लाख मुल्य र पिकअपको मूल्य करिब अन्दाजी १६ लाख गरि कुल २० लाख रुपैयाँ बराबरको रहेको छ।

बरामद चक्लेट र पिकअप गाडी हाल थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सिमा क्षेत्रमा भन्सार छलि गरेर विभिन्न सामग्रीहरू ल्याउने क्रम बढ्दो रहेको सन्दर्भमा सशस्त्र प्रहरीले निगरानी कडा पारेको जनाएको छ। यस किसिमको कारबाहीले अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *