बिरगंज,२० जेठ ।
सोमबार साँझ करिब ८:२० बजे पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्ता टोलका भुवन दासका १२ वर्षीय छोरा निती दास गाउँको चौरमा क्रिकेट खेल्ने क्रममा दायाँ खुट्टामा सर्पले टोक्दा घाइते भएका छन्।
घटनापछि उनलाई तुरुन्तै नारायणी अस्पताल, वीरगंजमा भर्ना गरी उपचार भइरहेको छ। अस्पतालले नितीको अवस्था मध्यम रहेको जनाएको छ।
निती दासका दाजु सोहन दास उपचारमा संलग्न रहेका छन्। नारायणी अस्पतालबाट घटनाको जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिई घटनाबारे आवश्यक अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।
