गैरकानुनी डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

समाचार

ललितपुर, असार ,२१। विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले असार १७ गते गैरकानुनी रुपमा डेटिङ एप सञ्चालन गर्दै क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–४, वालिफलस्थित दमकल चोकमा रहेको एक घरमा SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT. LTD. नामक कम्पनी दर्ता गरी ‘Call Center’ तथा METOO Dating App मार्फत अनलाइन डेटिङ स्क्याम सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको हो।

उक्त कम्पनीले ललितपुरका साथै काठमाडौं महानगरपालिका–१३, चागलस्थित अर्को घरमा पनि शाखा सञ्चालन गरी नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर अनलाइन डेटिङ एप तथा क्रिप्टो कारोबार गराउँदै आएको खुलासा भएको छ।

प्रहरीले घटनास्थलबाट स्रोत नखुलेको नगद रु.१३,९९,९५० समेत बरामद गरेको छ।

पक्राउ परेका मुख्य चिनियाँ नागरिकको विवरण:

  1. Zhang Lun (२९ वर्ष)
  2. Chen Jiahao (२७ वर्ष)
  3. Lin De (४१ वर्ष)
  4. Xu Zheng (३२ वर्ष)
  5. Liu Zexuan (३० वर्ष)
  6. Xu Linghua (३३ वर्ष)

मुख्य ६ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रा सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जना विदेशी तथा नेपालीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन्।

प्रहरीले सर्वसाधारणलाई यस्ता अनलाइन ठगी, अवैध कारोबार तथा अन्य साइबर अपराधमा संलग्न नहुन तथा यस्ता गतिविधिका बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान ब्यूरोमा तत्काल खबर गर्न अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *