रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला

समाचार

रौतहट, २४ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित वडा कार्यालय नजिकको पोखरीको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।

आज अन्दाजी बिहान ८ः ४५ बजे पोखरीमा युवकको डुबेर मृत्यु भएको खबर प्राप्त सूचनाका आधारमा प्रहरी चौकी औरैयाको टोली घटनास्थल पुगेको थियो।

 

ईशनाथ नगरपालिका–३ निवासी मोजेलाल साहका छोरा, अन्दाजी ३५ वर्षीय रामप्रबेश गुप्ता मृतकको रुपमा सनाखत भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। मृतकको शव घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला परेको प्रवक्ता रायले बताए ।

 

थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर रामकुमार महतोको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

 

घटनास्थल प्रहरी चौकी औरैयाबाट करिब १ किलोमिटर पश्चिममा पर्छ। शवको प्रकृति, घटनाको कारण र सम्भावित संलग्नता बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *