सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवबढुवा अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

समाचार

काठमाडौं, साउन १४।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालयमा साउन १३ गते नवबढुवा अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनुभएका मनिष थापा सहित प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा पाउनुभएका अधिकृतहरुलाई महानिरीक्षक अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

कार्यक्रममा महानिरीक्षक अर्यालले बढुवा प्राप्त अधिकृतलाई जिम्मेवारी र कर्तव्य पालनामा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *