रूसको पुर्वी भागमा शक्तिशाली ८.८ रेक्टरको भुकम्प

बिदेश समाचार

काठमाडौं, १४ साउन । रूसमा ८.८ रेक्टरको शक्तिशाली भुकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।

 

भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका छन्।

 

भूकम्पले रुसी शहर पेट्रोपाभ्लोभस्क–कम्चात्स्कीमा सडकमा उभिएका भवन र कारहरूलाई क्षति पुर्याएको छ, जसमा विद्युत् कटौती र मोबाइल फोन सेवा अबरूद्द रहेको छ ।

रूसको भुकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

रूसमा गएको शक्तिशाली भुकम्पका कारण जापानमा सुनामी आएको छ ।

 

स्थानीय समाचार संस्थाहरूले जापानमा ५० सेन्टीमिटर अग्लो सुनामीको छाल नापिएको जनाएका छन ।

 

जापानले रिपोर्ट गरेको छ कि पूर्वी तटमा मियागी प्रिफेक्चरको प्रमुख सहर इशिनोमाकी बन्दरगाहमा ५० सेन्टीमिटर (१.६ फीट) सम्म अग्लो छालहरू रेकर्ड गरिएको थियो।

 

अन्यत्र भने पहिलो सुनामी छालहरू २० सेन्टिमिटरदेखि ४० सेमी मापन गरिएको जापानी अधिकारीहरूले बताएका छन् ।

 

दोस्रो र तेस्रो छालहरू अझ ठूला हुन सक्ने बताउँदै सतर्क हुन भनिएको एनएचके वर्ल्डले जनाएको छ ।

 

यसअघि नै चेतावनी दिएको थियो कि सुनामी छालहरू सामान्य छालहरू भन्दा शक्तिशाली छन् र ५० सेन्टीमिटर छालले २०० किलोग्रामसम्मको प्रेसर दिन सक्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *