बिर्ता प्रहरीद्वारा ३३ लाख बढीको सामानसहितको ट्रक राजश्व अनुसन्धान कार्यालयमा पठाइयो

समाचार

रसीद आलम

पर्सा, २९ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आवश्यक कारवाहीका लागि एक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको छ।

प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले २०८२ साउन २८ गते राति ९ बजे बिरगंज महानगरपालिका–१६, नगवा बाईपास सडकमा चेकजाँच गर्ने क्रममा ना.६ ख. २४३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा अनलाइन बिल नभएका तथा बिल–बिजकभन्दा बढी मात्रामा लोड गरिएका किराना, हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिकसहितका खुद्रा सामानहरू रहेको पर्सा प्रहरीले जनाएको छ। सामानको मूल्य अन्दाजी रु. ३३ लाख ७७ हजार ७३१ बराबर रहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि ट्रक र बरामद सामग्री आवश्यक अनुसन्धान तथा थप कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *