बारामा भन्सार छली ल्याइएका ७ लाख ९५ हजारभन्दा बढीका सामान तथा सवारीसाधन बरामद

समाचार

बारा ,४ असोज ।सशस्त्र प्रहरी बल, नेपालले बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान तथा सवारीसाधन बरामद गरेको छ।

मिति २०८३ असोज ४ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुरकुरे, सुर्ती, जुत्ता, लत्ताकपडालगायतका सामान बरामद गरेको हो।

टोलीले सोही क्रममा २ थान साइकल, १ थान मोटरसाइकल र १ थान स्कुटर समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।

बरामद सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य रु. ७ लाख ९५ हजार ५०० रहेको जनाइएको छ।

बरामद सामग्री तथा सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *