काठमाडौं, भदौ १८ ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास क्षेत्रमा प्रहरीको नक्कल गर्दै कोठामा पसेर खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।
भदौ १६ गते साँझ करिब ५:१० बजे पक्राउ गरिएका उनीहरूलाई लुटपाटमा प्रयोग भएको मोबाइलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराले जानकारी दिएका छन्।
पक्राउ परेका व्यक्तिहरूः
१. हेमराज ढुङ्गाना (२९), जिल्ला कैलाली, बडी बर्दगोरिया गाउँपालिका–२ घर, हाल काठमाडौं बानियाटार बसोबास
२. बिनोद के.सी. (३१), जिल्ला कैलाली, जोशीपुर गाउँपालिका–१ घर
बरामद मोबाइलहरूः
- Oppo कम्पनीको मोबाइल – १ थान
- Samsung कम्पनीको मोबाइल – १ थान
- Redmi कम्पनीको मोबाइल – १ थान
- Realme कम्पनीको मोबाइल – १ थान
- Vivo कम्पनीको मोबाइल – १ थान
पक्राउ परेका दुवै जनाविरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमतिसहित प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
