गोरखामा रात्री बस दुर्घटना, २१ जना घाइते

समाचार

गोरखा, भदौ १८ ।
गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटेमा गएराति भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।

काठमाडौंबाट गोरखाको माछी खोलातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्री बस गोरखा–आरुघाट सडकखण्डमा गति अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

घटनापछि बसमा सवार २१ जनालाई सुरक्षाबेश आरुघाट र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि आरुघाटस्थित स्वास्थ्य केन्द्रमा पुर्‍याएको छ।

त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको स्थानीय सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *