डिएसपी जोशीको नेतृत्वमा सिमरामा गाँजा सहित युवक पक्राउ

समाचार

बारा, १८ भदौ ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहत इलाका प्रहरी कार्यालय सिमराको टोलीले लागुऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा भारतीय नम्बरको मोटरसाइकल (BR 05 M 7718) जाँच गर्ने क्रममा उक्त कारबाही गरेको हो।

जाँचका क्रममा मोटरसाइकलको ट्याङ्की मुनि फल्स बटम बनाई लुकाइ छिपाइ ल्याइएको करिब ५ के.जि. गाँजा फेला परेको प्रहरीले जनाएको छ।

साथै, सो मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ खेसरोल बस्ने २० वर्षीय मुन्ना यादवलाई समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका यादवसहित बरामद गाँजा र मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *