कञ्चनपुर, भदौ १७।
कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका–८ जर्काटोलस्थित बस्ती जोगबुढा नदीमा पानीको बहाव तीव्र भएपछि डुवानमा परेको छ। बाढीका कारण स्थानीय बासिन्दा जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपालअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म देविस्थानको सुरक्षा फौजले उद्धार कार्य सञ्चालन गरेको हो।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै तत्कालीन उद्धार र सहयोग उपलब्ध गराएको जनाएको छ।
स्थानिय बासिन्दाले सशस्त्र प्रहरीको सक्रियताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रतिक्रिया दिएका छन्।
