काठमाडौंमा नक्कली कागजात बनाउने गिरोहका ३ जना पक्राउ

समाचार

काठमाडौं, भदौ १७ ।
काठमाडौं प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुशी टाउनप्लानिङस्थित ईजी सप सञ्चालन गर्दै आएका गोरखा, शहिद लखन गाउँपालिका–४ घर भई हाल काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछानेले SEE Certificate, Police Report, विभिन्न होटल तथा संस्थाका Experience Letter लगायतका नक्कली कागजात तयार पार्ने गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा कम्प्युटरबाट सरकारी तथा गैर–सरकारी निकायका विभिन्न नक्कली कागजात फेला पारेको प्रहरीले जनाएको छ। बरामद कम्प्युटरसहित पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिएका छन्।

पक्राउ परेकाहरू
१. गोरखा, शहिद लखन गाउँपालिका–४ घर भई काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछाने
२. सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–७ घर भई काठमाडौं धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम
३. काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–३ घर भई काठमाडौं गोंगबु बस्ने २१ वर्षीय सविन आले मगर

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *