पाँच एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री

समाचार

काठमाडौं, १० कार्तिक ।
प्रहरी प्रधान कार्यालयले पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिसमा पहिलो नम्बरमा एसएसपी भुपेन्द्रबहादुर खत्रीको नाम रहेको छ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजी पदका लागि सिफारिस गरेको हो। समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य तथा मानवस्रोत विकास विभागका एआईजी सदस्यका रूपमा रहेका थिए।

सिफारिसमा रहेका पाँच जना एसएसपीको नाम यस प्रकार छन्—
१. भुपेन्द्रबहादुर खत्री
२. सानुराम भट्टराई
३. ओमप्रसाद अधिकारी
४. शेखर खनाल
५. अबिनारायण काफ्ले

बढुवा समितिले सिफारिस गरेपछि अब गृह मन्त्रालयले अन्तिम निर्णयका लागि फाइल मन्त्रिपरिषदमा पठाउने छ। मन्त्रिपरिषदले अनुमोदन गरेपछि ती अधिकारीहरू औपचारिक रूपमा डिआईजी पदमा बढुवा हुनेछन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *