चाडपर्वमा जनमत पार्टीद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १९ जनाले गरे रक्तदान

समाचार

बीरगञ्ज, १० कार्तिक ।
चाडपर्वको समयमा रक्त अभाव हुन सक्ने सम्भावना ध्यानमा राख्दै जनमत पार्टी पर्साले आइतबार (कार्तिक ९ गते) आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा १९ जना युवाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले स्वयं रक्तदान गरेर गरेका थिए। जेन्जि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव (रोटी/खरना) पर्वको अवसरमा सञ्चालन गरिएको थियो।

रक्तदान कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, कोषाध्यक्ष सिकेन्द्र राम, निरञ्जन कुशवाहा, निखिल चौरसिया लगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता जेन्जि तथा युवा दस्ताका पर्सा जिल्ला अध्यक्ष मनोज साहले गरेका थिए।

रक्तदान गर्नेहरूमा जिल्ला अध्यक्ष सरार्फसँगै गुडु सेख, अजय कुमार साह, समिम आलम, अमन सेख, राजन साह, आदित्य साह, अजय श्रीवास्तव लगायत युवाहरू सहभागी थिए।

अध्यक्ष सरार्फले युवाहरूलाई सकारात्मक, समाजमुखी र सेवामुखी गतिविधिमा जोड्दै आएको जनमत पार्टीले भविष्यमा पनि यस्ता मानवीय र सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “राजनीति भनेको उत्कृष्ट समाजसेवा हो। असल र सभ्य युवाले नै कुशल समाज र सक्षम राष्ट्र निर्माण गर्छन्।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *