रसीद आलम ।पर्सा ,बिरगंज, माघ, १९।जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम बीस लाख सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज मनपा वडा नं.१६ रजतजयन्तीचोक स्थित सडक खण्डमा प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक शंकास्पद रुपमा सवार भई आईरहेको हुँदा मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को श्याम किशोर प्रसाद साहसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी जम्मा नेपाली रुपैया २०,००,००० (बीस लाख) भेटिएकोले र सो रुपैयाहरूको श्रोत खुलाउन नसकेको हुँदा श्याम किशोर प्रसाद साहलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताएका छन ।
निजको मोटरसाइकल र निजले प्रयोग गरेको मोबाईल २ थान सहित बरामद गरी साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिएका छन ।