निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न ।

समाचार

रसीद आलम।पर्सा, माघ १९ ।”समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२, पर्साको आयोजनामा बीरगंज सामुदायिक आँखा अस्पताल र राईजिङ्ग बीरगंज नेपालको विशेष सहयोगमा पकहाँ मैनपुर गा पा वडा नं. १ धोरेमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

पकहाँ मैनपुर गा पा वडा नं. १ धोरे स्थित रहेको श्री नेपाल राष्ट्रिय आ बिधालयको प्राङ्गनमा भएको सो निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रममा पाँच सय अस्सी जना स्थानीयहरुको चेकजाँच गरिएको थियो ।
सो मध्ये आँखाको चेकजाच गर्दा ४५० जना मध्ये मोतिया बिन्दुको विरामी महिला ६२ जना र पुरुष ६८ जना जम्मा गरि १३० जनालाई निःशुल्क अप्रेशन गर्ने तथा दन्त रोग चेकजाच गर्दा १३० जना ब्यक्ति रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा, पकहाँ मैनपुर गा पा कार्यालयको अध्यक्ष सुरेश प्रसाद मेहता प्रमुख अथितित्व, पोखरीया नपाको पुर्व उपमेयर सलमा खातुन, जिल्ला प्रहरी कार्यालय पर्साका प्रनाउ निर्मल बुढाथोकीको विशिष्ट अथितित्वमा, बीरगंज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी , दन्त रोगका डा. सन्जु साह ,वडा समिति कार्यालय वडा नं.१ धोरेका वडा अध्यक्ष बिनोद मेहता , वडा नं.४ का वडा अध्यक्ष ढेडी यादव , श्री नेपाल राष्ट्रिय आ बि धोरेका प्रअ उपदेश मेहरा ,निवृत शिक्षक बिधिचन प्रसाद सहनी , कृष्ण प्रसाद पटेल, सामुदायिक सेवा केन्द्रका संरक्षक श्याम शर्मा, सामुदायिक सेवा केन्द्रका पदाधिारीहरु , प्र चौ धोरेका ईन्चार्ज, सामुदायिक प्रहरी सेवाका प्रसनि ईन्दिवर चौधरी प्रह देवेन्द्र कुमार पटेल लगायत बुद्धिजीवी ,संचारकर्मी तथा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *