प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ ।

समाचार
रसीद आलम ।पर्सा ,बिरगंज ,माघ २० शुक्रबार ।बिरगंजबाट प्रतिबन्धित लागु औषध सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ् ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ वीरगञ्ज भन्सार गेट अगाडीबाट लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिहरूलाई बुधबार नियन्त्रणमा लिइएको हो।
उक्त  व्यक्तिहरूले प्लाष्टिक झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाईट्राभेट १ पत्तामा ३० पिसका दरले २० पत्तामा जम्मा ६०० पिस फेला परेको हुँदा उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताएका छन ।
पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा वीरगञ्ज म.न.पा.वडा नं.१२ मुर्ली बस्ने वर्ष १९ का नितेश गुप्ता र भारत विहार जि.वेतिया ग्राम कुढवा मठिया-७ बस्ने वर्ष २१का मंदिप यादव रहेका छन् ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *