मकवानपुर, ११ मंसिर ।
मकवानपुर प्रहरीले रू. ३० लाख बराबरको बिल–बिजकभन्दा फरक मालसामान लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले मिति २०८२।०८।०९ गते राति अन्दाजी १२:१० बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा सो ट्रक रोक्दै जाँच गरेकाे थियो।
बिरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.३ ख. ५५७६ नम्बरको ट्रकमा कागजातमा उल्लेखित विवरणभन्दा भिन्न सामान लोड भएको विशेष सूचनाकाे आधारमा प्रहरी टोलीले ट्रक तथा चालक जिल्ला पर्सा बस्ने ५२ वर्षीय झलेन्द्र राय थारुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चालक र बरामद ट्रकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
