बारामा नाबालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने दुई जना पक्राउ

समाचार

बारा,११ मंसिर ।

बारामा मंसिर १० गते राति करैयामाई गाउँपालिका–१ हरैया टोलमा नाबालिकालाई जबरजस्ती विवाह गराइएका अभियोगमा दुई जना प्रहरीले पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १०:३० बजे उमेर नपुगेकी बालिकाको विवाह गराइँदै गरेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक प्रकाश खड्का तथा प्रहरी चौकी मधुवनका प्र.स.नि. शम्भु प्रसाद यादवको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।

उक्त स्थानमा ४४ वर्षीय जाकिर हुसैन देवानले आफ्नै नाबालिग छोरीको विवाह नेपाल पर्यटक भिसामा आएका चीनको गान्सु प्रान्तका २२ वर्षीय NIU YUBIN (राहदानी नं. EQ3877404) संग सामाजिक रीति–रिवाज अनुसार गराइरहेको अवस्थामा प्रहरीले विवाह रोक्दै बालिकालाई उद्दार गरेको जनाएको छ।

प्रहरीले विवाह गराउने अभिभावक देवान र विवाह गर्न आएका चिनियाँ नागरिक NIU YUBIN दुवैलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले जानकारी दिएका छन्।

पक्राउ परेकाहरूः
१. जाकिर हुसैन देवान, करैयामाई–१ हरैया टोल, बारा
२. NIU YUBIN, वर्ष २२, गान्सु प्रान्त, चीन

प्रहरीका अनुसार बालविवाह रोकथाम तथा मानव बेचबिखनसम्बन्धी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *