नागरिकता तथा पञ्जीकरण ऐन २०७६ सम्बन्धी कसूरमा बिरगंज -१६ बाट तीन जना पक्राउ

समाचार

पर्सा, २७ पुस।
नागरिकता, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ विपरीत झुठा विवरण पेश गरी सरकारी कागजात तयार पारिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

योजनाबद्ध रूपमा झुठा विवरण पेश गरी जन्मदर्ता, विवाहदर्ता तथा नागरिकता जस्ता सरकारी कागजातहरू बनाइएको भन्ने गोप्य सूचनाका आधारमा मिति २०८२।०९।०२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नं. १६ नगवा क्षेत्रबाट दुई जना भारतीय पुरुष र एक जना महिलालाई आवश्यक कागजातसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ परेकाहरू विरुद्ध नागरिकता / राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ सम्बन्धी कसूरमा अनुसन्धान कार्य जारी रहेको छ।

अनुसन्धानको गोपनीयता कायम राख्न पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र अनुसन्धानको निष्कर्ष अनुसार कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *