काठमाडौं, फागुन १५। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै नेपाल सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम २०८२ साल फागुन २० गतेदेखि फागुन २२ गतेसम्म (३ दिन) मुलुकभर सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।
निर्वाचनलाई व्यवस्थित, सुरक्षित र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त अवधिमा सार्वजनिक बिदा घोषणा गरिएको मन्त्रालयले जनाएको छ। यस निर्णयले सरकारी कार्यालय, सार्वजनिक संस्था तथा अधिकांश सेवाहरूमा लागू हुनेछ।
सरकारले निर्वाचनमा आम नागरिकलाई सहज रूपमा सहभागी हुन तथा मतदान प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ फागुन २१ गते देशभर एकै चरणमा सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।
