वीरगञ्ज, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा दल परित्याग तथा नयाँ दलमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ।
यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी तथा नेकपा एमालेका कार्यकर्ता मकबुल अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
अहमदलाई नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्ग्टाले फूलमाला तथा अबिर लगाई पार्टीमा स्वागत गरेका हुन्। कांग्रेसमा प्रवेशसँगै अहमदले देशको लोकतान्त्रिक मूल्य, विकासप्रतिको प्रतिबद्धता र कांग्रेसको नीतिप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई सशक्त बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
उक्त अवसरमा उम्मेदवार रुङ्ग्टाले छपकैया क्षेत्रका अहमदसहित केही स्थानीयलाई पार्टीमा स्वागत गर्दै क्षेत्र नं. १ को समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा ठोस योजना कार्यान्वयन गरी जनताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा बढ्दै गएको र मतदातालाई आफ्नो पक्षमा पार्न पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिइएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
