अनलाईन बिल नभएको १८ लाख ३५ हजार बराबरको समान सहित पिकअप बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,३ फागुन ।

बारा प्रहरीले १८ लाख ३५ हजार १ सय २० रुपैया बराबरको समान सहित पिकअप पक्राउ गरेको  छ।

फागुन २ गते राती १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट वीरगंज तर्फ जादै गरेको प्र.३-०१-०२२ च ०५८५ नम्बरको पिकअप गाडीमा लोड रहेको १८ लाख ३५ हजार १ सय २० रूपैया बराबरको स्टेसनरीका समानहरुको बिल भरपाई फरक रहेको तथा अनलाईन बिल समेत नभएकोले पिकअपलाई पक्राउ गरिएको बारा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरूङले जानकारी गराएका छन् ।

समानको स्रोत खुलाउन नसकेकोले मालबस्तुसहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी निरीक्षक गुरुङले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *