नेपाल प्रहरीको पोशाकमा फोटो–भिडियो सार्वजनिक नगर्न आग्रह

समाचार

काठमाडौं,२९ फागुन  । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा खटिएका “निर्वाचन प्रहरी” लाई नेपाल प्रहरीले औपचारिक रूपमा विदाई गरिसकेको छ। यससँगै नेपाल प्रहरीले निर्वाचन ड्युटीका क्रममा लगाइएको पोशाकमा खिचिएका फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै फेसबुक, टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा निर्वाचन ड्युटीका क्रममा खिचिएका फोटो वा भिडियोहरू पोस्ट नगर्न तथा यसअघि पोस्ट गरिएका असोभनीय सामग्रीहरू यथाशीघ्र हटाउन सबैमा अनुरोध गरेको हो।

प्रहरीका अनुसार नेपाल प्रहरीको पोशाकमा अनुमति बिना फोटो वा भिडियो सार्वजनिक गर्नु नियमविपरीत कार्य हो। यस्तो गतिविधिले संगठनको अनुशासन र आचारसंहितामा असर पार्न सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न पनि आग्रह गरिएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी तथा संस्थागत मर्यादालाई ध्यानमा राख्न सबैमा सचेतना अपनाउन आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *