केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षमा निधन, इच्छा अनुसार आँखा दान

राजनीति समाचार

काठमाडौं,२९ फागुन  । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

उहाँको निधनपछि पारिवारिक स्रोतका अनुसार उहाँको अन्तिम इच्छाअनुसार आँखादान गरिएको जानकारी प्राप्त भएको छ। नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत मोहन प्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको इच्छाअनुसार आँखादान गरिएको जानकारी दिएका हुन्।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै मानवीय सेवाको भावनासहित गरिएको उक्त निर्णयले समाजमा सकारात्मक सन्देश दिने बताएका छन्।

मोहन प्रसाद ओलीको निधनपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *