सशस्त्रका डिएसपी सुब्बाको तस्करीमा कडा प्रहार: बिना बिलका चकलेट, खजुर र गाडीसहित १० लाख बराबरको सामान बरामद

बिदेश राजनीति समाचार

वीरगंज ,१० पुस ।

सशस्त्र प्रहरी बल, पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले बिना बिलका चकलेट, खजुर र गाडी सहित १० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। गुल्मपति डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा पावर हाउस क्षेत्रबाट नियन्त्रणमा लिइएको उक्त गाडीमा २ लाख रुपैयाँको चकलेट र खजुर तथा ८ लाख रुपैयाँ मूल्याङ्कन गरिएको गाडी समावेश रहेको छ।

सशस्त्र प्रहरीका अनुसार सामान सिमरा तर्फ लैजाने क्रममा पक्राउ गरिएको हो। हाल उक्त घटनामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

डिएसपी लोकेन्द्र सुब्बाले सिरहाको माडर सिमा सुरक्षा गुल्ममा तस्करी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेपछि हाल वीरगंजमा गुल्मपतिको जिम्मेवारी सम्हालिरहेका छन्। उनको नेतृत्वमा तस्करी नियन्त्रणमा यो कार्यलाई पहिलो सफलता मानिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *