मोटरसईकल चोर पक्राउ

बिदेश राजनीति समाचार

रौतहट १० पुस। रौतहट स्थित चोरीको मोटरसाईकल सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का    नेमी चौधरीको छोरा  वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

चन्द्रपुर  ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो।

पीडितको उजुरीको आधारमा  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट  गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा गत ५ गते  वडा १० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई  राखेको अवस्थामा मोटरसाईकल  बरामद गरेको डिएसपी राजकुमार राईले बताएका छन्।

मोटरसाईकल संगै आरोपी आयुष चौधरीलाई  पक्राउ गरी म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले मोटरसाईकल चोरीको घटना र लागुऔषध कारोवार नियन्त्रणमा तिब्रता दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *