पर्सामा जुवातास खेल्दै गरेका ५ जना पक्राउ, नगदसहित नियन्त्रणमा

समाचार

वीरगञ्ज, २५ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बडनिहार विरुवागुठीस्थित एक खाजा पसलबाट जुवातास खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ चैत २३ गते साँझ करिब ८:२० बजे दिलमाया तामाङले सञ्चालन गर्दै आएको ‘गौर कटेज’ खाजा पसलमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरी टोलीले उक्त स्थानमा हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा पाँचै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३ निवासी ५७ वर्षीय बिरेन्द्र साह, वडा नं. ४ निवासी ४० वर्षीय सुरेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिका–३१ निवासी २७ वर्षीय अरबिन्द गौरो थारु, पर्सागढी–३ निवासी ३१ वर्षीय शिशिर तामाङ तथा सोही स्थानकी ३८ वर्षीया दिलमाया तामाङ रहेका छन्।

घटनास्थलबाट प्रहरीले तीन सेट तास र नगद रु. १५ हजार ५५ रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत जुवा खेल्न नहुने सम्बन्धी कानुनी प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *