डिजेल सेवन गर्दा ४ वर्षीय बालक बिरामी, कलैया अस्पतालमा उपचाररत

समाचार

बारा, असार ४ । बाराको सुवर्ण गाउँपालिका–६ मुसहर्नामा खेल्ने क्रममा डिजेल सेवन गर्दा ४ वर्षीय बालक बिरामी भएका छन्।

प्रहरीका अनुसार स्थानीय महेबुब अन्सारीका ४ वर्षीय छोरा साहेब आलम ले घरमा स्प्राइटको बोतलमा राखिएको डिजेललाई पेय पदार्थ सम्झेर सेवन गरेका थिए। डिजेल सेवन गरेपछि बालकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो।

हाल बालकको अस्पतालमा उपचार भइरहेको छ भने चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको जनाइएको छ। उपचारका क्रममा उनकी आमा अस्पतालमै संलग्न रहेकी छन्।

घटनाबारे अस्पतालमार्फत बिहान करिब १०:३५ बजे प्रहरी चौकी तेलकुवालाई जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवल्दार बाल किशोर कुँवरको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान तथा आवश्यक बुझ्ने कार्य जारी राखेको जनाएको छ।

प्रहरीले पेट्रोल, डिजेल तथा अन्य विषालु पदार्थलाई पेय पदार्थका बोतलमा नराख्न र बालबालिकाको पहुँचभन्दा टाढा सुरक्षित रूपमा भण्डारण गर्न अभिभावकलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *