वीरगञ्ज, असार ११ । निर्जला एकादशी पर्वको पावन अवसरमा वीरगञ्ज महानगरपालिकाका कार्यबाहक नगर प्रमुख इम्तियाज आलम ले सम्पूर्ण महानगरवासी तथा हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै कार्यबाहक नगर प्रमुख आलमले निर्जला एकादशीले धार्मिक आस्था, आत्मशुद्धि, संयम र सदाचारको सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन्। उनले यस पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ मजबुत बनाओस् भन्ने कामना गरेका छन्।

उनले शुभकामना सन्देशमा सम्पूर्ण नगरवासीको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्जला एकादशी पर्वलाई श्रद्धा, भक्ति र उत्साहका साथ मनाउन आग्रह गरेका छन्।
हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने निर्जला एकादशीका दिन व्रत, पूजा–आराधना तथा दान–पुण्यका कार्य गर्ने परम्परा रहेको छ। यस अवसरमा देशभरका विभिन्न धार्मिक स्थलहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ।
