पर्सा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी : एकै दिन ३६ जना पक्राउ

समाचार

वीरगञ्ज, असार २५। जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै एकै दिन ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ असार २४ गते विभिन्न मुद्दामा अदालतबाट सजाय तथा फैसला कार्यान्वयनका लागि फरार रहेका ३६ जनालाई पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ। साथै कानुनको पालना गर्न र फरार रहेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा आउन समेत आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *