कुखुरा फार्मको कारोबारको आडमा लागु औषधको कारोबार ,सर्लाहीमा कुखुरा फार्मबाट ३३० केजी गाँजासहित एक पक्राउ।

समाचार

सर्लाही,९ साउन ।  सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब १:१५ बजे उक्त फार्ममा बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअपबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले फार्मभित्र १९ वटा पोकामा लुकाइ राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। साथै २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा समेत फेला परेको छ। अदुवा गाँजा ओसारपसारलाई छोप्न प्रयोग गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनास्थलबाट बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजा, पिकअप र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *