प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने सिक्री लुटपाटका फरार आरोपीमाथि गोली प्रहार, पक्राउ

समाचार

काठमाडौं,१७ साउन  । जिल्ला काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रबाट सिक्री लुटपाट घटनामा संलग्न भई फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा तामाङले आफूसँग रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।

गोली लागेर घाइते भएका तामाङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले वारदातमा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *